+
+

माओवादी केन्द्रका नेताहरू आन्तरिक छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १२:११
फाइल तस्वीर ।

१३ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेताहरू आन्तरिक छलफलमा छन् ।

अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसिसीको विपक्षमा मतदान गर्ने माओवादी केन्द्रको निर्णयपछि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले प्रमुख विपक्षी नेकपा एमालेसंग संवाद अघि बढाएको छ । र नयाँ राजनीतिक समीकरण निर्माणको अभ्यास जारी छ ।

यही पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा माओवादी नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा जारी छलफलमा पूर्व स्थायी कमिटी सदस्य र विभिन्न आयोगका अध्यक्षहरू सहभागी छन् ।

नेताहरूका अनुसार एमसीसी संसदबाट फेल हुँदासम्म माओवादी केन्द्र सरकारबाट बाहिरिने छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?