+
+

कांग्रेस र एमालेबीच आज पनि छलफलको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १२:४७
फाइल तस्वीर

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच आज पनि छलफल हुने भएको छ ।

पोखरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौं फर्किएपछि दुबै दलका नेताहरुबीच छलफल हुने छ । समय भने तय भएको छैन ।

‘हिजो छलफल भएको छ, कुराहरु मिलसकेको छैन । आज साँझ फेरि छलफल हुन्छ,’ एमाले उपाध्यक्ष विष्णु पौडेलले भने ।

अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्न सत्तारुढ गठबन्धनबाट सहयोग नपाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको साथ खोजेका छन् । त्यसक्रममा बिहीबार दिउँसो र साँझ गरी दुई पटक एमाले नेताहरुसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?