+
+

नारायणकाजीको चेतावनी : बहिस्कार गरेर एमसीसी पारित गर्न सहयोग गर्नेविरुद्ध उभिन्छु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १६:५४

१३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि सहज हुने गरी आफ्नो दलले संसद बैठक बहिस्कार गरेर नहिड्ने दाबी गरेका छन् ।

एमसीसीबारे एकीकृत समाजवादी पार्टीसम्वद्ध भ्रातृ संगठनले गरेको कार्यक्रममा श्रेष्ठले आफूहरू यथास्थितिमा एमसीसी अस्वीकार गर्न लागिपरेको बताए । मतदानको बेलामा संसदको बैठकमा अनुपस्थित भएर वा बैठक बहिस्कार गरेर एमसीसी पारित गर्न सहयोग गर्ने कुनै सहमति नभएको दाबी गर्दै उनले विपक्षमा मत दिने बताए ।

उनले अघि भने, ‘हाम्रो पार्टी विपक्षमा मतदान गर्छ । जुन पार्टी र नेताले संसदमा अनुपस्थित भएर वा बहिस्कार गरेर पारित गर्न सहयोग गर्छ, म त्यसविरुद्ध उभिने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?