+
+

डाँका मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १८:५०

१३ फागुन, काठमाडौं। डाँका मुद्दामा ६ वर्ष फरार रहेका एकजना प्रतिवादीलाई काठमाडौं प्रहरी परिसर टेकुले पक्राउ गरेको छ ।

चितवनको खैरहनी नगरपालिका-३ बस्‍ने कमल श्रेष्ठलाई बिहीबार बुढानीलकण्डबाट पक्राउ गरिएको एसपी दिनेशराज मैनालीले बताए ।

उनलाई चितवन जिल्ला अदालतले डाका मुद्दामा दोषी ठहर गर्दै २ लाख ६४ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

टोखा नगरपालिका-८ स्थित ग्राण्डी अस्पताल आसपास एरियामा लुकीछिपी बसिरहेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि इलाका प्रहरी कार्यालय खैरहनी, चितवनमा पठाइएको काठमाडौं प्रहरी परिसर टेकुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?