+
+

प्रतिगमनकारी गठबन्धन रोक्न लागिराख्या छौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते १०:५३
फाइल तस्वीर

१४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना एमसीसीको कारण वर्तमान सत्ता गठबन्धन टुट्ने र प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति बनेको बताएका छन् । आफू त्यो स्थितिलाई रोक्न प्रयासरत रहेको पनि उनले बताए ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने ‘कुनै खालको प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् । संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षाको लागि कसम खाएर बनेको गठबन्धन सजिलै नटुटोस् भनेर अहिले हामी लागिराख्या छौं ।’

एमसीसीको समस्या पनि समाधान होस् र वर्तमान सत्ता गठबन्धन पनि नटुटोस् भनेर उपाय खोजिरहेको प्रचण्डले बताए ।

‘संविधानको रक्षा, गणतन्त्रको रक्षा, संघीयताको रक्षा अथवा हाम्रा अधिकारको रक्षा कहिंकतै दुर्घटना हुन नपाओस् भनेर हामी लागिराख्या छौं,’ प्रचण्डले भने, ‘प्राप्त उपलब्धिहरु गुम्न नदिने र थप उपलब्धिका निम्ति थप एकताबद्ध भएर अगाडि बढ्ने हामी सबैले यही संकल्प लिएर अगाडि बढ्नुपर्छ ।’

अहिले आफूहरु रक्तपातहीन युद्धमा रहेको बताउँदै प्रचण्डले भने, ‘युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो । राजनीति भनेको रक्तपातहीन युद्ध हो । अहिले हामी रक्तपातहीन युद्धमा छौं । युद्ध सकिएको छैन ।’

कार्यक्रममा प्रचण्डले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा पार्टीले निश्चित रकम राखेर अक्षय कोष बनाउने घोषणा समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?