१४ फागुन, काठमाडौं । जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल साह अभिनित चलचित्र म यस्तो गीत गाउँछुका निर्माता सुदर्शन थापालाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले थापालाई सोधपुछका लागि बोलाएको हो । शनिबार उनीसँग सोधपुछ गरेको र त्यसपछि छाडिएको प्रहरी स्रोतको भनाइ छ ।
पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु हाल प्रदर्शन भइरहेको छ । तर पल सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । उनीविरुद्ध एक नाबालक गायिकाले जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4