+
+

एमालेसँग छलफलका लागि कांग्रेस नेताहरु बालकोटमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते १६:५२
फाइल तस्वीर : कांग्रेस र एमाले नेताहरुबीच बालुवाटारमा भएको छलफल

१४ फागुन, काठमाडौं  । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीच छलफल सुरु भएको छ ।

एमाले नेताहरुसँग छलफलका लागि नेपाली कांग्रेसका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । बालकोटमा शीर्ष नेताको बैठकअघि कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुबीच छलफल भएको स्रोतले बताएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनका लागि नेपाली कांग्रेसले प्रमुख विपक्षी दल एमालेको साथ खोजेको छ । तर एमालेले आफूले गत साउनमा १४ सांसदलाई गरेको कारबाहीलाई संसदले मान्यता दिनुपर्ने अन्यथा सभामुखलाई नै हटाउनुपर्ने अडान राख्दै आएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी सम्झौता अनुमोदनमा तयार नभएपछि कांग्रेसले एमालेसँगको छलफललाई तीव्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?