+
+

कांग्रेस-एमालेबीचको बैठक विना निष्कर्ष सकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते १८:४८
फाइल तस्वीर

१४ फागुन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको वार्ता विना निष्कर्ष सकिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुवै दलका नेताहरु आआफ्नै अडानमा रहेपछि बैठकमा कुनै ठोस निर्णय नभएको नेताहरुले बताएका छन् ।

बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले कुनै निर्णय नगरेको र छलफल जारी रहने बताए ।

शनिबारको छलफलमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिएनन् । एमाले महासचिव शंकर पोखरेलले एमसीसी सम्झौता अनुमोदनमा कांग्रेसले आफूहरुको साथ खोजेको बताए ।

तर आफूहरुले एमसीसी सम्झौता सरकारले ल्याएको प्रस्ताव भएकाले पहिले सत्तारुढ गठबन्धनको साझा धारणा आउनुपर्ने आफूहरुले बताएको सञ्चारकर्मीहरुलाई बताए । ‘जसले प्रस्ताव टेबल ग¥यो, उसले पहिले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुपर्‍यो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?