+
+

‘ग्यालेक्सी एस२२ सबैभन्दा बलियो मोबाइल’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १३:०३

काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसुङले ग्यालेक्सी एस२२ सिरिज नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी एस२२ अल्ट्रा, ग्यालेक्सी एस२२ प्लस र ग्यालेक्सी एस२२ मोबाइलहरु बजारमा ल्याएसँगै यसको माग बढिरहेको सामसुङ मोबाइल नेपालका बिजनेस हेड प्रणय रत्न स्थापितले बताएका छन् । उनले नेपाली बजारको मागलाई मध्यनजर गर्दै सामसुङको उत्कृष्ट मोडल भित्र्याएको बताए ।

अनलाइनखबरसँगको कुराकानीमा स्थापितले ग्यालेक्सी एस२२ सिरिजले सामसुङको हालसम्मकै सबैभन्दा बलियो मोबाइल ल्याएको दाबी गरे ।

‘ग्यालेक्सी एस२२ र एस२२ प्लस पहिलो एस सिरिजको मोडलहरु हुन् जुन सबैभन्दा बलियो आल्मुनियम फ्रेम आरमोर आल्मुनियमबाट बनेको छ, जसले गर्दा फोनलाई जहाँ पनि निर्धक्क पूर्वक लिएर जान सकिन्छ,’ स्थापितले भने, ‘एस२२ सिरिजका मोबाइलहरुको अगाडि र पछाडि दुवैमा कडा सिसा जडान गरिएकोले कुनै कारणले भुईंमा खसे पनि टुट्ने फुट्ने चिन्ता लिइरहन पर्दैन ।’

नेपालमा ४ पुस्तासम्मलाई सर्पोट गर्ने पहिलो मोबाइल सिरिज भएको स्थापितको दाबी छ । ग्यालेक्सी एस२२ सिरिजहरुलाई एन्ड्रोइड ओएस अपग्रेडको ४ पुस्तासम्म सर्पोट गर्नेछ ।

ग्यालेक्सी एस२२ अल्ट्रा इमर्सिभ ६.८ इन्च, डाइनामिक एमोलेड २एक्स डिस्प्लेका साथ उपलब्ध रहेको छ । ग्यालेक्सी एस२२ र एस२२ प्लस डाइनामिक एमोलेड २ एक्स डिस्प्लेका साथ उपलब्ध रहेको स्थापितले बताए । ग्यालेक्सी एस२२ मा प्रिमियम ६.१ इन्च डिस्प्ले छ भने ग्यालेक्सी एस२२ प्लसमा स्पोर्टस् ६.६ इन्चको डिस्प्ले जडान गरिएको छ ।

एस२२ सिरिजको फिचरको बारेमा उनले भने, ‘ग्यालेक्सी एस२२ अल्ट्रा, एस२२ प्लस र एस२२ सबैमा भिजन बुस्टर प्रविधि जडान गरिएको छ जसले स्क्रिनको लाइटिङलाई मिलाउँछ ।’

ग्यालेक्सी एस२२ अल्ट्रा, एस२२प्लस र एस२२ सबैमा पोट्रेट मोड र अटो फ्रेमिङ विशेषताहरु विद्यमान रहेका छन् । जसको सहायताले सबै फोटोहरु वा भिडियोहरु प्रोफेसनल लाग्नेछन् । यी सबै स्मार्टफोन– ग्यालेक्सी एस २२ अल्ट्रा, एस २२ प्लस र एस २२ मोबाइलहरु डीएसएलआर जस्तो अनुभव दिलाउने एक्सपर्ट एपका रहेको स्थापितको भनाइ छ ।

कति पर्छ ?

स्थापितले सामसुङ एस२२ सिरिजको प्रि–अर्डर हेर्दा नेपाली बजारमा राम्रो चल्ने मोबाइलको रुपमा देखिएको बताए । प्रि–अडर अवधि २३ फेब्रअरीदेखि सुरु भएर र ९ मार्चसम्म जारी रहने उनले बताए ।

नेपाली बजारमा एस२२ अल्ट्रा १ लाख ५९ हजार ९ सय ९९, एस२२ प्लसको १ लाख २९ हजार ९ सय ९९, एस२२ को १ लाख १२ हजार २ सय ९९ रुपैयाँ रहेको छ ।

माग बढ्दो

पछिल्लो समयमा नेपाली बजारमा ब्रान्डेड मोबाइलहरुको माग पनि बढेको स्थापितले बताएका छन् । कोरोना महामारीका कारण कर्मचारी, व्यवसायी सबैले अनलाइनबाटै काम गर्नुपर्ने तथा विद्यार्थीहरुले पनि अनलाइनमाध्यमबाटै अध्ययन गर्नुपर्ने भएपछि मोबाइलको माग बढेको उनले बताए ।

स्थापितले नेपालमा ग्रे च्यानलबाट आउने मोबाइलहरुमा कमी भएकोमा व्यवसायीहरु खुसी भएको बताए । नेपालमा केही वर्र्ष अगाडि विना दर्ता, विना भन्सार तस्करीबाट मोबाइल आउँदा व्यवसायिक रुपमा काम गरिरहेको मोबाइल सप्लायर्सहरुलाई केही समस्या सिर्जना भएको उनको भनाइ छ ।

हेर्नुहोस् एस२२बारे सामसुङ मोबाइल नेपालका बिजनेस हेड प्रणय रत्न स्थापितको भिडियो ब्रिफिङ :

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?