१८ फागुन, काठमाडौं । प्रतिनिध सभा (संसद)बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ ।
एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसपछि बैठक स्थगित भएको थियो ।
संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेलगायतका सम्भावित कार्यसूची रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4