+
+

खानेतेलको मूल्य वृद्धिबारे उद्योगीसँग वाणिज्य विभागले छलफल गर्ने 

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १७:१८

१८ फागुन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेतेल उद्योगीलाई छलफलमा बोलाएको छ ।

खानेतेलमा बढेको मूल्यबारे कारण सोध्न तेल उत्पादकलाई छलफलमा बोलाउने निर्णय भएको विभागका निर्देशक एवम् अनुगमन शाखा प्रमुख हरी प्रसाद पंगेनीले बताए ।

‘खानेतेलको मूल्य बढेको बारे बाक्लो गुनासो आएपछि उद्योगीसँग टेलिफोनमा सम्पर्क गरेका थियौं, अब कारणसहित छलफलमा बेलाउने भएका छौं,’ निर्देशक पंगेनीले भने, ‘प्ररम्भिक रुपमा उनीहरुले फ्याक्ट्री मूल्य नबढेको दाबी गरेका छन् । हामीले कारणसहित उपस्थित हुन भनेका छौ ।’

अर्को साता हुने छलफलमा उद्योगीको कागज पत्र र विभागले गरेको अनुगमनमा देखिएको तथ्य जाँचेर कारबाही अघि बढाउने विभागको भनाइ छ ।

युक्रेन-रुस युद्धलाई कारण देखाएर बढेको कच्चापदार्थ आइनपुग्दै बजारमा खानेतेलको मूल्य बढाइएको गुनासो विभागमा प्रशस्त परेका छन् । नेपाल खुद्रा व्यापार संघकाअनुसार दुई साताको अवधिमा बजारमा खाने तेलको मूल्य लिटरमा १० देखि १५ रुपैयाँसम्मले बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?