+
+

नेपाल फर्मा एक्सपो चितवनमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते १६:२९

२० फागुन, काठमाडौं । स्वादेशी औषधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल औषधि उत्पादक संघले ९ देखि ११ वैशाखसम्म चितवनमा नेपाल फर्मा एक्सपो आयोजना गर्ने भएको छ ।

संघअन्तर्गतका कम्पनीले उत्पादन गर्दै आएका औषधि र त्यसमा प्रयोग हुने प्रविधि, ल्याब र मेसिनको संघले प्रत्येक २ वर्षमा एक्सपो गर्दै आएको छ ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्जवल जंग पाण्डेले मेडिकल हब भएका कारण चितवनमा दोस्रो पटक एक्सपो गर्न लागेको जानकारी दिए ।

नेपालमा उत्पादन भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताबारे जनमानसमा सचेतना दिने, नेपाली औषधिलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन थप प्रविधि र दक्षता प्रदान गर्ने, औषधि प्राविधिक र फर्मासिस्टलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने लक्ष्य एक्सपोको छ ।

नेपालमा हाल प्रत्येक वर्ष ३५ वटा प्राविधिक कलेजबाट करिब १ हजार ५ सय औषधि प्राविधिक र ५ सयको हाराहारीमा फर्मासिस्ट उत्पादन भइरहेका छन् ।

एक्सपोमा १६० स्टल रहनेछन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १ सय २० बहुराष्ट्रिय कम्पनी र ४० वटा नेपाली औषधि उद्योगहरुले एक्सपोमा सहभागी हुनेछन् ।

नेपाली औषधि उद्योगले नेपालको कुल मागको ५१ प्रतिशत औषधि धान्दै आएको संघका अध्यक्ष पाण्डे बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?