+
+

चितवनको कांग्रेस सभापतिमा खनाल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २१ गते १८:२१

२१ फागुन, चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित भएका छन् ।

शुक्रबारदेखि जारी अधिवेशनको दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले खनाललाई समर्थन गरेपछि उनी स्वतः निर्वाचित भएका हुन् ।

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि शनिबार दोस्रो चरणको मतदान हुने कार्यक्रम तय भएको थियो ।

पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका खनाल र श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुने भनिए पनि श्रेष्ठले खनाललाई समर्थन गरेका थिए ।

पहिलो चरणमा खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका थिए । यस्तै श्रेष्ठले ६६२ मत, उत्तम जोशीले ४७३ मत, कैलाश कोइरालाले ४१२ मत र प्रा डा सूर्यकान्त घिमिरेले ४२६ मत प्राप्त गरेका थिए । अन्य पदको मतगणना हुन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?