+
+

माओवादी केन्द्रको बैठकको समय सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १०:५४

२२ फागुन, काठमाडौं। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकको समय सरेको छ।

आइतबार बिहान ११ बजे तय गरिएको बैठक दिउँसो २ बजेदेखि बस्ने केन्द्रीय सदस्य रापप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए । बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ। पहिलो दिनको बैठक राष्ट्रिय सभागृहमा बसेको थियो।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले समसायिक राजनीतिका विषयमा शुक्रबार बोलेका थिए । माओवादी केन्द्रको दोस्रो केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने र पदाधिकारी चयन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?