+
+

प्रधानमन्त्रीले राष्ट्रपतिलाई एकसाथ‍ बुझाए वार्षिक प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १६:३६

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले गत आर्थिक वर्षमा गरेका काम र उपलब्धीसम्बन्धी प्रतिवेदन बुझाएका छन् ।

आइतबार शीतलनिवास पुगेका उनले राज्‍यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनमा सरकारले हासिल गरेका प्रगतिसम्बन्धी प्रतिवेदन पनि बुझाएका छन् ।

यस्तै प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष देउवाले परिषद्‌को आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पनि भण्डारीसमक्ष बुझाएका राष्ट्रपतिको कार्यालयका प्रवक्ता समीर आचार्यले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?