+
+

कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १९:२२

२२ फागुन, काठमाडौं । कम्युनिष्ट नेता कृष्णराज बर्माको निधन भएको छ । ह्याम्स अस्पतालमा आइतबार साँझ बर्माको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका बर्मालाई निमोनिया भएको थियो । ९३ वर्षीय बर्माको आईसीयूमा उपचार भइरहेको थियो । बर्माको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।

००७ सालको राणा विरोधी आन्दोलनमा सहभागी जनाएका बर्मा पुराना कम्युनिष्ट नेता हुन् ।पञ्चायत अन्त्य गर्ने २०४६ सालको जनआन्दोलनमा बर्मा नेतृत्वको नेकपा वाम मोर्चाका एक घटक दल सहभागी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?