+
+

ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते ७:३६

२३ फागुन, बुटवल । कपिलवस्तुको ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका-११ ओदारीमा एमपी ०८ जीए ४०६८ नम्बरको ट्रकले ठक्कर दिंदा स्थानीय अटो रिक्सा चालक २६ वषर्ीय अनिल गाहा मगरको मृत्यु भएको हो ।

लु१ह १९२३ नम्बरको अटो रिक्सालाई ठक्कर दिएपछि करिब ५० मिटर परसम्म घिसार्दा गाहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार राति साढे ८ बजे भएको घटनापश्चात आक्रोशित स्थानीयवासीले पिपरा प्रहरी बिट तोड्फोडसमेत गरेका थिए ।

चालकलाई प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?