+
+

बिइङ ह्युमनका सञ्चालकसहित चारविरुद्ध राजस्व छली मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १२:१३

२४ फागुन, काठमाडौं । राजस्व अनुसन्धान विभागले मदिराको चोरी पैठारी गरेर राजस्व छलेको आरोपमा बिइङ ह्युमनका सञ्चालकसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

साढे ४ करोड रुपैयाँ बराबरको मदिरा अवैध रूपमा भित्र्याएको र राजस्व छलेको अभियोगमा उनीहरू विरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए ।

बिइङ ह्युमनका सञ्चालक पर्सा जिल्ला सुगौली गाउँपालिका २ घर भई काठमाडौं बुढानीलकण्ठ बस्ने सन्तोषचन्द्र बख्रेल, पर्साकै ठोरी गाउँपालिका ५ सुवर्णपुर घर भई काठमाडौं हाँडीगाउँ बस्ने रविन पाख्रिन, सर्लाही बरथहवा नगरपालिका ९ घर भई काठमाडौं महानगरपालिका ७ सरस्वती नगरपालिका ७ बस्ने नारायणप्रसाद घिमिरे र कागेश्वरी मनहरा ६ का शैलेस पन्त बिरुद्ध मुद्धा दायर गरिएको विभागले जनाएको छ ।

आरोपितहरु प्रत्येकविरुद्ध ४ करोड ४६ लाख ३७ हजार रुपैयाँ विगो र सोही बराबरको जरिवानाको माग दाबी गरिएको छ । आरोपितहरुले भन्सार छलेर ल्याएको मदिरा र ढुवानी साधनसमेत जफत गरिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?