+
+

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते ८:०७

२५ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ ।

दुई दिनसम्म चल्ने बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुने एकीकृत समाजवादीका नेताहरूले जानकारी दिएका छन् ।

बैठकमा अध्यक्ष माधवकुमार नेपाले पछिल्लो राजनीतिक घटनाक्रमको  समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने र सोही प्रतिवेदनमाथि गहन छलफल हुने नेताहरूको भनाइ छ ।

पार्टीले आगामी स्थानीय तह निर्वाचनका सन्दर्भमा लिइने रणनीति र सदनबाट पारित अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) नेपाल कम्प्याक्टका विषयमा  पनि बैठकमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?