+
+

दरौंदी नदीमा बेपत्ता भएका विकास भट्ट मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते ११:१६

२५ फागुन, गोरखा । गोरखा नगरपालिका-१० छेवेटारको ठुटेबजारस्थित दरौंदी नदीमा बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।

भीमसेन थापा गाउँपालिका-१ का २२ वर्षीय विकास भट्टको शव बुधबार बिहान नदीमा फेला परेको प्रहरीले जनाएको छ ।

डोजरको सह-अपरेटरको रुपमा काम गर्दै आएका उनी मंगलबार साँझदेखि बेपत्ता थिए । नदी किनारमा मृतकको लुगा, चप्पल, मोवाइल र पैसासमेत भेटिएको प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए ।

पौडी खेल्नका लागि कपडा र पैसा किनारमा राखेर नदीमा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

स्थानीय कुलप्रसाद भट्टका अनुसार मृतक विकास केही दिनअघि मात्र डोजरमा हेल्परको रुपमा काम गर्न आएका थिए । ‘हिजो अपरेटरले डोजर चलाइरहेका बेला उनीचाहिं मोवाइल चलाउँदै नदी किनारमा हिँडिरहेका रहेछन्’ उनले भने, ‘राति एक्कासी मान्छे बेपत्ता भयो भनेर खबर आयो अनि हामी पुगेर खोज्दा पनि भेटाउन सकिएन ।’

स्थानीय र प्रहरीको सहयोगमा खोजी गर्दा पनि शव नभेटिएपछि कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनबाट गोताखोरको टोली मगाइएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?