+
+

सुन मूल्यले बनायो नयाँ कीर्तिमान

प्रतितोला १ लाख ५ हजार ५००

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते ११:३३

२५ फागुन, काठमाडौं । नेपालमा सुनको मूल्य कीर्तिमानी विन्दुमा पुगेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।

अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ प्रतितोला बढेको सुनको मूल्यमा रुस-युक्रेन युद्धको प्रत्यक्ष प्रभाव देखिएको छ । तेजावी सुनको मूल्य भने १ लाख ५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य बुधबार १४५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ४० रुपैयाँले बढेको हो । सुनको मूल्य यसअघि १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेर फर्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?