+
+

फागुन २७ र २८ गते दोस्रो ‘आङ छिरिङ्ग शेर्पा मेमोरियल गल्फ टुर्नामेन्ट’ हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते २०:४६

२५ फागुन, काठमाडौं। वरिष्ठ पर्यटन व्यवसायी स्वर्गीय आङ छिरिङ शेर्पाको स्मृतिमा फागुन २७ र २८ गते (मार्च ११ र १२ ) गते ‘आङ छिरिङ्ग शेर्पा मेमोरियल गल्फ टुर्नामेन्ट’ हुने भएको छ ।

यती एअरलाइन्सको आयोजनामा स्वर्गीय शेर्पाको तेस्रो वार्षिक स्मृति दिवसको अवसरमा दोस्रो पटक गोकर्ण गल्फ क्लबमा दुई दिने गल्फ प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा बिजेता र रनर अप, उत्कृष्ट ग्रस र रनरअप, महिला तर्फको बिजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियर तर्फका बिजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ । जसमा मुख्य विजेताले ट्रफीका साथै हेलिकप्टर राइडसँग रु ३ लाख धनरासी बराबरको ट्राभल प्याकेज जित्नेछ ।

यस्तै अन्य विजेताहरुले यती गु्रपकै सञ्चालमा रहेको विभिन्न कम्पनी तथा रिसोर्टहरु तथा निकटका संस्थाहरुले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् । सम्पूर्ण विधामा गरी करिव १३ लाख मूल्य बराबरको पुरस्कार वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?