२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसको धनुषा जिल्ला सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् ।
दोस्रो चरणमा भएको मतदानबाट नेता विमलेन्द्र निकट पजियार सभापतिमा निर्वाचित भएका हुन् । उनी क्षिरेश्वरनाथ नगरपालिकाका मेयरसमेत हुन् ।
पजियार १७३५ मतका साथ विजय भए भने अर्का उम्मेदवार संतोष यादवले १०४६ मत पाए । पजियारलाई पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका दिनेश प्रसैलाले समर्थन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4