+
+

कांग्रेस सिन्धुपाल्चोकको सभापति चुन्न पुनः निर्वाचन हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते ७:११
जंगबहादुर लामा, डा. प्रेमध्वज लामा र वंशलाल तामाङ ।

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति पदका लागि पुनः निर्वाचन हुने भएको छ ।

सभापतिमा प्रतिस्पर्धा गरेका तीन जना उम्मेदवारहरुमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।

दोस्रो चरणमा सबैभन्दा बढी मत पाउने दुई जना उम्मेदवार जंगबहादुर लामा र वंशलाल तामाङबीच प्रतिस्पर्धा हुने छ ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशनका लागि भएको निर्वाचनमा सदर १ हजार ८६८ मतमध्ये सबैभन्दा बढी जंगबहादुर लामाले ७०५ मत पाए । दोस्रो स्थानमा रहेका वंशलाल तामाङले ६२९ मत पाए । सभापति पदका अर्का प्रतिस्पर्धी डा. प्रेमध्वज लामाले ४९३ मत पाएका छन् ।

वंशलाल संस्थापन इतरका उम्मेदवार हुन् भने जंगबहादुर र प्रेमध्वज संस्थापन पक्षका उम्मेदवार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?