+
+

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते ८:२६

१ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । बैठक अपराह्न ३ बजे बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने विषयमा छलफल हुने उनले बताए । उनकाअनुसार स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउन केन्द्रीय कमिटी र पोलिटव्यूरो बैठक छिट्टै बोलाउने तयारी गरिएको छ ।

सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकमा केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्दि्रत कार्ययोजना बनाउने विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?