+

यू-१८ महिला साफ : पहिलो खेल नेपालले भारतसँग खेल्दै

२०७८ चैत  १ गते ८:४७ २०७८ चैत १ गते ८:४७
यू-१८ महिला साफ : पहिलो खेल नेपालले भारतसँग खेल्दै

१ चैत, काठमाडौं । यू-१८ महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करण मंगलबार (आज)बाट भारतको जम्सेदपुरमा सुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र आयोजक भारतबीच प्रतिस्पर्धा हुनेछ ।

यस पटकको संस्करणमा नेपाल, भारत र बंगलादेश गरी तीन वटा राष्ट्रले भाग लिएका छन् । चैत १० गतेसम्म सञ्चालन हुने यो प्रतियोगिता डवल राउण्ड रोविन प्रणालीमा आयोजना हुनेछ । लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

प्रिती राईको कप्तानीमा रहेको नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । तर यसअघिका संस्करणको अनुभव भएका सीमित खेलाडी मात्र टिममा रहेकाले बलिया प्रतिद्वन्द्वीको सामना गर्नु नेपालका लागि चुनौतिपूर्ण नै हुनेछ ।

उमेर समूहको महिला फुटबलको विकासका लागि दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले सन् २०१८ देखि यो प्रतियोगिता आयोजना गर्न थालेको हो ।

२०१८ मा भुटानमा आयोजना भएको पहिलो संस्करणको खेलमा नेपालले भारतलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा बंगलादेशसँग पराजित भएपछि, नेपाल उपाधी जित्नबाट चुकेको थियो ।

दोस्रो पटक बंगलादेशमा आयोजना भएको प्रतियोगितामा भने नेपालले भारत र बंगलादेश दुवै टोलीसँग पराजित हुन पुगेको थियो । समुह चरणबाटै बाहिरिएको नेपालका लागि यस पटक लगातार दुई संस्करणको विजेता टोली बंगलादेश र पछिल्लो संस्करणमा नेपाल भन्दा बलियो देखिएको भारतलाई जित्न कठिन हुनेछ ।

पहिलो संस्करणमा नेपालले भारतलाई पेनाल्टीमार्फत जित निकालेको थियो । खेल १-१ बराबरीमा सकिएपछि पेनाल्टीमा नेपाल ३-१ ले विजयी रहृयो । दुई संस्करणको विजेता बंगलादेशसँग भने नेपालले चैत ३ गते खेल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय