+
+

एमालेको रुकुम पूर्व अध्यक्षमा वली चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते ९:२०

१ चैत, दाङ । नेकपा (एमाले)को रुकुम(पूर्व)को अध्यक्षमा टोपबहादुर वली चयन भएका छन् । एमालेको आठौं जिल्ला अधिवेशनले ओलीको अध्यक्षतामा ९५ सदस्यीय नयाँ जिल्ला कार्ससमिति चयन गरेको हो ।

रुकुमकोटमा भएको अधिवेशनले उपाध्यक्षमा दामप्रसाद श्रेष्ठ, सचिवमा गोपाल रेउले, उपसचिवमा भावना विसी र तेजेन्द्र बुढा चयन भएका छन् ।

६५ सदस्यीय जिल्ला कार्यसमति चयन गर्नुपर्ने भए पनि आकांक्षीहरू धेरै भएपछि ९५ जनाको जिल्ला कार्यसमिति बनाइएको नेकपा एमाले रुकुम(पूर्व)ले जनाएको छ ।

फागुन २७ गते उद्धघाटन भएको एमालेको आठौं अधिवेशनले चार दिनपछि सोमबारमात्र नयाँ कार्यसमिति टुङ्ग्याएको हो ।

रुकुम(पूर्व)सँगै लुम्बिनी प्रदेशको सबै जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?