+
+

त्रिवि केन्द्रीय पुस्तकालय भवनको शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १३:४२

१ चैत, काठमाडौं । भारत सरकारको आर्थिक अनुदानमा निर्माण हुन लागेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय पुस्तकालय भवनको आज शिलान्यास गरिएको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भवनको कीर्तिपुरमा शिलान्यास गरेका हुन् ।

उक्त परियोजनाको कार्यान्वयनका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भारतीय राजदूतावासबीच एक समझदारी पत्रमा हस्ताक्षरसमेत भएको छ ।

३१ करोड ६९ लाख रुपैयाँ लागतमा पुस्तकालय निर्माण हुनेछ । भूकम्प प्रतिरोधी पुनर्निर्माणको क्षेत्रमा काम गर्ने भारतको प्रमुख संस्था केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) ले पुस्तकालयको निर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ । तीन तले भवनमा आधुनिक सुविधायुक्त विभिन्न प्राज्ञिक शाखाहरु हुनेछन् ।

हालको त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय भवनको सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको थियो ।

त्रिभुवन विश्वविद्यालयस्थित गान्धी भवनको निर्माण पनि भारत सरकारको सहयोगमा सन् १९७३ मा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?