+
+

गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीयवासी खुसी

रासस रासस
२०७८ चैत १ गते १३:५४
प्रतीकात्मक तस्वीर

१ चैत, सिन्धुपाल्चोक । थाङ्पाल गाउँपालिकाले स्वास्थ्य सेवामा उदाहरणीय काम गरेको छ । यहाँका १२ स्थानीय तहमध्ये सो गाउँपालिकाले प्रदान गरेको स्वास्थ्य सेवाबाट स्थानीयवासी खुसी छन् ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा पालिकामै पाँचपोखरी प्राथमिक अस्पतालको सेवा पाउन थालेपछि स्थानीयवासी कल्पना पण्डितले खुसी व्यक्त गरिन् ।

गाउँपालिका–६ का बलबहादुर आचार्य लामो समयदेखि दमको समस्याले पीडित थिए । यसअघि मेलम्ची, धुलिखेल तथा काठमाडौं गएर उपचार गराउँदै आएका उनी अहिले गाउँपालिकामै निःशुल्क खाना, खाजाको सुविधासहित सेवा लिन पाउँदा खुसी छन् । उनले स्थानीय तहले राम्रो काम गर्दै गएको समेत बताए ।

कोरोना महामारीको बेला कोभिड अस्पतालका रूपमा सञ्चालित यस अस्पतालबाट अहिले सबैखाले सेवा प्रदान गर्न थालिएको छ । सीमित स्रोतसाधन र जनशक्तिबाट अहिले पनि कोभिडसँगै अन्य सेवा प्रदान गरिरहेको अस्पतालका प्रमुख डा. सोनाली खतिवडाले जानकारी दिए ।

पाँचपाखोरीका आठवटै वडामा सुविधासम्पन्न सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर)को व्यवस्था छ । निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको पालिकाले स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको अध्यक्ष टासी लामाले दाबी गरे । ‘स्वास्थ्यलाई मुख्य प्राथमिकता दिएर निःशुल्क उपचार सेवा प्रदान गरिरहेका छौं,’ उनले भने ।

नागरिकले ठूला विकासको अपेक्षा गरेका छैनन् । केबल शिक्षा, स्वास्थ्यलगायतका विषयमा आधारभूत सुविधा पाए स्थानीय तह भएको महसुस गर्न सकिने बताउँछन् । नागरिकका समस्यालाई स्थानीय सरकारले बुझ्न सके राम्रो हुने उनीहरूको प्रतिक्रिया छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?