+
+

अर्थले आगामी वर्षको बजेटका लागि माग्यो सरोकारवालाबाट सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १२:१९

२ चैत, काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा सरोकारवालाबाट सुझाव संकलन थालेको छ । मंगलबार एक सूचना निकाल्दै मन्त्रालयले बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी प्रयोजनका लागि सरोकारवालाबाट सुझाव माग गरेको हो ।

आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयमा विभिन्न संघ-संस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत र आम नागरिकले चैत मसान्त भित्र यस्तो सुझाव दिन सक्ने भएका छन् ।

मन्त्रालयको वेवसाइटमा रहेको ‘बजेट सजेसन ट्याव’मार्फत वा ‘बजेटसजेसनएटएमओएफडटजीओभीडटएनपी’मार्फत समेत पठाउन सकिने भएको छ । आर्थिक आर्थिक वर्षको बजेट १५ जेठमा संसदमा प्रस्तुत गर्नुपर्छ । यसका लागि अर्थ मन्त्रालयले सरोकारवालासँग भौतिक उपस्थितिमै समेत सुझाव संकलन थालेको छ ।

सो क्रममा मंगलबार कृषि क्षेत्रसँग सम्बन्धित सरोकारवालाबाट सुझाव लिइएको छ । मन्त्रालयले बजेट लेखनको प्रयोजनका लागि ५ सदस्यीय समिति समेत गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?