+
+

उद्योगी महेश जाजू बने महामुर्ख !

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १३:४१

२ चैत, विराटनगर । विराटनगरका उद्योगी महेश जाजूले महामूर्ख उपाधि पाएका छन् । होली पर्व मा मारवाडी युवा मञ्च विराटनगरले जाजूलाई महामूर्ख उपाधि प्रदान गरेको हो ।

मारवाडी समुदायमा महामूर्ख उपाधिलाई सम्मानको रुपमा ग्रहण गरिन्छ । मंगलबार राति कार्यक्रमको आयोजना गरी जाजूलाई उपाधि दिएको मञ्चका पूर्व अध्यक्ष गोपाल अग्रवालले बताए ।

उनका अनुसार हरेक वर्ष होली पर्वमा यो उपाधि दिइदै आएको छ । ‘समाजमा कुनै न कुनै रुपमा योगदान गरेका व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले महामूर्ख उपाधि दिइन्छ’, अग्रवालले भने, ‘रमाइलोका लागि उपाधि पाउने व्यक्तिलाई हिरोइनको फोटो राखिएको ताज र बजारमा पाइने सस्तो तरकारीको माला बनाएर लगाइदिन्छौं ।’

मारवाडी युवामञ्च २०४९ सालमा स्थापना भएको थियो । होलीमा महामूर्ख उपाधि दिने परम्परा भने संस्था दर्ता हुनुभन्दा अगाडिबाटै सुरु भएको उनले बताए । ‘होलीमा रमाइलो गर्ने उद्देश्यले पनि यो उपाधि दिइन्छ,’ उनले भने, ‘उपाधि एक वर्षसम्म रहन्छ ।’

गत वर्ष महामूर्खको उपाधि उद्योगी चम्पालाल राठीले पाएका थिए । राठीले उपाधि जाजूलाई हस्तान्तरण गरे ।

अग्रवालका अनुसार महामूर्ख उपाधि दिएपछि होली खेल्दै बजागाजासहित बजार डुल्ने परम्परा पनि छ । तर कोरोना महामारीका कारण यस वर्ष बजार परिक्रमा गर्ने कार्यक्रम नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?