+
+

यशोदा फुड्सले ल्यायो चिज, बटर र मसरुम स्वादको नयाँ चाउचाउ र चिजबल्स

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १८:५९

काठमाडौं । यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिजबल्स बजारमा ल्याएको छ ।
यसअघि यशोदा फुड्सले मिठो पिरो चाउचाउका रुपमा नेपाली बजारमा करेन्ट चाउचाउ बजारमा ल्याएको थियो । जुन चाउचाउ उपभोक्ताले सर्वाधिक रुचाएका चाउचाउ भएको कम्पनीले बताएको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यशोदा फुड्सले सुपर प्रिमियम चाउचाउ अन्तर्गत करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो ।

सुपर प्रिमियम चाउचाउ अन्तर्गत नेपालमै पहिलो पटक करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम नुडल्स फेमिली प्याकमा उपलब्ध रहेको उद्योगले जनाएको छ । यसको प्रति पिसको मूल्य १२० रुपैयाँ र तौल १२० ग्राम रहेको समेत उद्योगले जनाएको छ । साथै फेमिली प्याकमा २० रुपैयाँ पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको स्वादमा करेन्ट चिज चिकेन पिज्जा समेत सोही कार्यक्रमका बीच सार्वजनीक भएको छ । सोही कार्यक्रममा चिजको स्वादमा ५० रुपैयाँ पर्ने चिजबल्स समेत सार्वजनिक गरेको छ ।

विदेशबाट हुने चाउचाउ आयातलाई विस्थापित गरी स्वदेशी उत्पादनलाई बढावा दिँदै करेन्ट अहिले नेपालकै नम्बर १ ब्राण्ड बनिसकेको कम्पनीको दाबी छ ।

उपभोक्ताको पहिलो रोजाइमा यशोदा फुड्सका उत्पादन रहेको र सोही अनुसार नविनतम स्वादका ब्रान्डहरु पस्किने अवसर प्रदान गरेकोमा समस्त उपभोक्तालाई धन्यबाद ज्ञापन गरीएको थियो ।

नेपालमा मात्र नभई भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानाडा, वेलायत, अष्ट्रेलिया लगायत देशमा समेत आफ्नो उत्पादन निर्यात गरी देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याइरहेको उद्योगले बताएको छ ।

साना तथा मझौला उद्योगदेखि आफ्नो ब्यवसायीक यात्रा सुरु गरेको यशोदा ग्रुपको यात्रा प्याकेजिङ, सोना पोलिमर्स मसला, चियापत्ती, चाउचाउ, हाउजिङ, होटल, फिल्म, सेवासम्म पुग्दै नेपालकै उच्च व्यवसायिक समूहको रुपमा आफूलाई स्थापित गर्न सफल उद्योगले बताएको छ । उद्योगले ३ हजार ५ सयभन्दा बढी जनशक्तिका लागि प्रत्यक्ष अप्रत्यक्ष रोजगारीका अवसर प्रदान गरेको छ ।

उद्योगले स्वदेशमै कृषि कार्य गरिरहेका स्थानीय कृषकहरुबाट उत्पादित अकबरे खुर्सानी, गुन्द्रुक, तामा, टिमुर, अदुवा, बेसार लगाएतका कृषिजन्य उत्पादनहरु उद्योगका कच्चा पदार्थको रुपमा प्रयोग गरी किसानहरुलाई समेत हौसला प्रदान गर्ने गरेको उद्योगको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?