+

यूएईविरुद्ध नेपाल फिल्डिङ गर्दै, विनोद भण्डारीको ठाउँमा कमल सिंह ऐरी

२०७८ चैत  ४ गते १०:३० २०७८ चैत ४ गते १०:३०
यूएईविरुद्ध नेपाल फिल्डिङ गर्दै, विनोद भण्डारीको ठाउँमा कमल सिंह ऐरी

४ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलामा आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली यूएईविरुद्ध फिल्डिङ गर्ने भएको छ ।

यूएईले टस जितेर नेपाललाई फिल्डिङको निम्तो दिएको हो ।

श्रृङ्खलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी (पीएनजी)लाई हराइसकेका छन् । त्यसैले दुवै टोली जितको लयलाई कायम राख्ने योजनासहित आजको खेलमा मैदान उत्रिएका छन् ।

नेपालले पीएनजीलाई हराउने टोलीमा एक परिवर्तन गरेको छ । विनोद भण्डारीको ठाउँमा आज कमल सिंह ऐरी मैदान उत्रिएका छन् ।

भण्डारीले पछिल्लो समय राम्रो प्रदर्शन गर्न सकेका छैनन् । पीएनजीसँगको खेलमा उनले ११ रन मात्र बनाएका थिए ।

क्रिकेट नेपाल यूएई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय