+
+

निर्वाचन आयोगले मतपेटिका भण्डारण र मतगणनास्थलको अनुगमन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ५ गते २०:५१

५ चैत, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले देशभर मतपेटिका भण्डारण र मतगणना स्थलको अनुगमन गर्ने भएको छ ।

त्यसका लागि आयोगले सबै स्थानीय तहमा मतपेटिका भण्डार र मतगणनास्थलमा सीसीटीभी जडान गर्न र त्यसको भिजुअल रेकर्ड राख्न उपकरणहरुको बन्दोबस्त गर्न परिपत्र गरेको हो ।

‘मतदान सम्पन्न भएपछि मतपेटिकाको भण्डारण तथा मतगणनाको अनुगमन आयोग परिसरबाटै गर्ने उद्देश्यले मतगणना स्थल दृश्य अवलोकन प्रणालीको प्रयोग गर्न आयोगबाट निर्णय भएको’ आयोगले १ चैत २०७८ मा गरिएको निर्णयको परिपत्रमा भनिएको छ, ‘उक्त प्रणाली सम्बन्धित स्थानीय तहले व्यवस्थापन गरी आयोगसँग सम्पर्क कायम गर्न निर्णय गरेकोले सो अनुसार आवश्यक ब्यवस्था मिलाउन निर्णयानुसार अनुरोध छ ।’

पाँच वर्षअघिको निर्वाचनमा चितवन महानगरपालिकामा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि मतगणनास्थलको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको छ । यस्ता घटना दोहोरिनसक्ने आशंकाका साथ त्यतिबेला नै अरु स्थानीय तहमा जाली राखेर मतगणना गरिएको थियो ।

अहिले भने आयोगले देशभर नै मतगणनास्थलमा सिसिटिभी जडान गर्ने र आयोग परिसरबाटै त्यसको अनुगमन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?