+
+

नेपाल आइडल सिजन-४ को उपाधि भूपेन्द्र थापा मगरलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ५ गते २२:१०

५ चैत, काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।

उपाधिसँगै भूपेन्द्रले ट्रफी र ३० लाख रुपैयाँ नगद प्राप्त गरे । नेपाल आइडल सिजन-४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र  रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । उनीहरुले ट्रफीसँगै क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे ।

झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गरेका थिए । उनीहरुले गिटार र १० लाख बराबरको बीमा सुविधा प्राप्त गरे ।

एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ । यो सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायकको रुपमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?