+
+

प्रधानमन्त्री देउवा सोमबार मोरङ जाने

रासस रासस
२०७८ चैत ६ गते १९:२८

६ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार मोरङ  जाने भएका छन् । उनी यहाँको सुन्दरहरैचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन मोरङ जान लागेका हुन् ।

सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङका अनुसार प्रधानमन्त्री देउवा सोमबार बिहान सो नगरपालिकाद्वारा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुनेछन् ।

प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ । उनले सो नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैचा नगरपालिकाको वडा नं ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको उपप्रमुख तामाङले बताइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?