+
+

काँडाघारीमा विस्फाेटक पदार्थ राखेको अभियोगमा माणिक लामा पक्राउ

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा विस्फाेटक पदार्थ राखेको अभियोगमा प्रहरीले माणिक लामालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १३:२४

७ चैत, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा विस्फाेटक पदार्थ राखेको अभियोगमा प्रहरीले माणिक लामालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको विशेष ब्यूरोले लामालाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखेको हो ।

महानगरीय प्रहरी परिसर, टेकुका एक अधिकृतका अनुसार काँडाघारीमा शंकास्पद वस्तु राखिएको घटनामा लामाको पनि संलग्नता देखिएपछि ब्यूरोले लामालाई नियन्त्रणमा लिएको थियो । उनी सांसद नविना लामाका बुवा समेत हुन् ।

एमसीसीको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित ६ दल र दुई मोर्चाको संयुक्त विरोधका बेला काँडाघारीमा शंकास्पद वस्तु राखिएको थियो । थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?