+
+

मेयरको उम्मेदवार बन्न एसएसपीबाट राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १९:२७

७ चैत, काठमाडौं । मेयरको उम्मेदवार बन्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहले राजीनामा दिएका छन् ।

धनुषाको विदेह नगरपालिकामा मेयरको उम्मेदवार बन्न उनले प्रहरीको सेवा छोडेका हुन् । ‘फागुन ५/६ तिर एसएसपीबाट राजीनामा दिएको हुँ । फागुन १० मा राजीनामा स्वीकृत भएको छ’, साहले अनलाइनखबरसँग भने, ‘राजनीतिबाट जनताको सेवा गर्ने इच्छा भएर प्रहरी सेवाको अवधि छदैँ पदबाट राजीनामा दिएँ ।’

साहको कार्यावधि १३ महिना बाँकी थियो । उनी २०४९ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । जनताको चाहना अनुसार आफू उम्मेदवार बन्न लागेको उनले सुनाए । ‘कांग्रेस पार्टीमा पनि कुरा भएको छ । टिकट दिने कुरा गर्नुभएको छ । जनताले उठ्न पर्‍यो भनेपछि उम्मेदवार बन्न लागेको हुँ’ साहले भने ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा विदेह नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा बेचन दास विजयी भएका थिए । उनी हाल माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?