+
+

एमसीसी देश हितमा छ, विरोध गर्नुको औचित्य छैन : प्रधानमन्त्री देउवा

रासस रासस
२०७८ चैत ७ गते २०:३२

७ चैत, खोटाङ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसिसी देश विकासको सहयोगी परियोजना भएको बताएका छन् । खोटाङको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन कार्यक्रममा उनले एमसिसी परियोजना देशको हितमा भएकाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताए ।

एमसीसी परियोजना लागू भएपछि नेपालको सडक, विद्युत् र आर्थिक विकासमा ठूलो टेवा पुग्ने भन्दै प्रधानमन्त्री देउवाले भने, ‘केही व्यक्तिहरुले एमसीसी परियोजनालाई लिएर गलत व्याख्या गरिरहेका छन् ।’

खोटाङ जिल्ला कृषि उत्पादनका लागि उर्वरभूमि भएको भन्दै उनले व्यावसायिक कृषि तथा कृषि पर्यटन विकासमा जोड दिन जिल्लावासीलाई आग्रह गरे ।

प्रधानमन्त्री देउवालाई  दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख एवं नेपाली कांग्रेस १ नं प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले जिल्लाको समग्र विकासका लागि पाँचबुँदे मागपत्र पेश गरेका थिए । राईले दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको आहालेबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै उदयपुर जोड्ने सडक कालोपत्रका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन, फोक्सिङ्टार पुललाई यथाशीघ्र सम्पन्न गर्ने वातावरण मिलाइ दिन, खोटाङ र उदयपुर जोड्ने सुनकोशीको पुल (धाप्लाङ्घाट र रानीटार) को निर्माणाधीन पक्की पुल यथाशीघ्र सम्पन्न गराउन, सुक्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् लिफ्टिङ खानेपानी आयोजना चाँडो सम्पन्न गराउन माग गरेका हुन् ।

जवाफमा देउवाले आगामी आवमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?