+
+

भारतसँग इन्धन खरिद सम्झौता नवीकरण गर्न काठमाडौंमा वार्ता सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १९:०४

८ चैत, काठमाडौं । पेट्रोलियम पदार्थ खरिद सम्झौता नवीकरण गर्न नेपाल र भारतका अधिकारीहरु बीचको तीन दिने वार्ता काठमाडौंमा सुरु भएको छ ।

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) का अधिकारी सम्मिलित वार्ता बिहीबारसम्म चल्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

हरेक पाँच–पाँच वर्षमा नवीकरण हुने इन्धन खरिद सम्झौता यसअघि १ अप्रिल २०१७ मा नवीकरण भएको थियो । बैठकमा इन्धन खरिद सम्झौताको समीक्षा र भावी योजनाबारे छलफल हुने उपाध्यायले बताए ।

पेट्रोलियम आपूर्ति बिन्दु र यसबाट भएका फाइदा तथा बेफाइदा, मूल्य निर्धारण प्रणाली र प्राविधिक सेवा सुविधा साटासाटबारे वार्ता केन्द्रित हुनेछ ।

नेपालकोतर्फबाट बैठकको नेतृत्व निगमका कार्यकारी निर्देशक उमेश थानीले गरेका छन् । आईओसीकोतर्फबाट सन्दीप जैन नेतृत्वको ६ सदस्यीय टोली सहभागी रहेको उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?