+
+

जोसेफ शाहीको नयाँ गीत ‘रुप्स्या काली’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १५:००

काठमाडौं । युवा गायक जोसेफ शाही ठकुरीको युगल गीत ‘रुप्स्या काली’ सार्वजनिक भएको छ । सोमबार गायक शाहीको आफ्नै युट्युव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।

लोक फ्युजन शैलीको गीतमा जासेफ र चर्चित गायिका अस्मिता अधिकारीको युगल गायन रहेको छ । सुदुर र मध्यपश्चिका जिल्लामा प्रयोग हुने ठेट भाषा गीतका शब्दमा प्रयोग गरिएको छ । आफैंले सिर्जना गरेका शब्दमा गायक जोसेफले नै संगीत भरेका हुन् । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा श्यामश्वेत रसाइलीले ध्वनि सम्पादन गरेका छन् ।

गीतको भिडियोमा अहिलेका चर्चित मोडलहरू सरोज राना प्रजा, बिना राउत, चक्र बम र करिस्मा ढकालको नृत्यसहितको अभिनय हेर्न सकिन्छ । बसन्त कुवरको छायाँकन, बलभद्र कुँवरको सम्पादन र श्याम कुँवरको रङ्ग सम्पादन रहेको गीतको भिडियो मकवानपुर जिल्लाको गोपाली गाउँ र आसपासका क्षेत्रमा छायाँकन गरिएको हो । शहरबाट गाउँ छिरेका दुई युवाले बाटोमा भेटिएकी युवतीलाई जिस्काउँदै एकोहोरो पछ्याएको कथावस्तु रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।

यसअघि जोसेफले गाएको देउडा शैलीको गीत ‘पियारी’ चौतर्फी निक्कै रुचाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?