+
+

शंखमुलमा दुई समूहबीच कुटाकुट, दुई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १६:२१
सांकेतिक तस्वीर

९ चैत, काठमाडौं । काठमाडौंको शंखमुलमा दुई समूहबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

झगडाका क्रममा विकास लामाको समूहले उनलाई खुकुरी प्रहार गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए ।

घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ । कुँवरका अनुसार घटनामा संलग्न दुई जना पक्राउ परेका छन् ।

‘पक्राउ पर्नेहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौं’ उनले भने । एसएसपी कुँवरका अनुसार घटनामा संलग्न अन्यको खोजी भइरहेको छ । खुकुरी प्रहार गर्नेहरु एक वर्कसपको मोटरसाइकल लिएर आक्रमण गर्न आएको पाइएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?