+
+

पर्सा मध्यवर्ती विकास परिषद्को अध्यक्षमा आचार्य 

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १७:०२

९ चैत, काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती विकास परिषद्को अध्यक्षमा सीताराम आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्मल मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष सन्तोष श्रेष्ठका अनुसार परिषद्को बुधबार भएको निर्वाचनमा गठबन्धन तर्फबाट उम्मेदवार बनेका आचार्यको विरुद्धमा अर्को उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । कांग्रेस निकट आचार्यलाई नेकपा माओवादी केन्द्रले समर्थन गरेको थियो । आचार्य मकवानपुरको मनहरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष हुन् ।

परिषद्मा बाराबाट २, पर्साबाट ४ र मकवानपुरबाट ७ गरी १३ वटा मध्यवर्ती उपभोक्ता समितिहरु आबद्ध छन् । समितिका अध्यक्षहरु मध्येबाट आचार्य पाँच वर्षका लागि निर्वाचित भएका हुन् ।

परिषद्को सदस्य सचिव निकुञ्जको वार्डेन हुनेछन् । परिषद्को निकुञ्जमा आम्दानी भएको राजस्वको ५० प्रतिशत बजेट चलाउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?