+
+

ओलीको प्रतिवेदनमाथि केन्द्रीय सदस्यले लिखित राय दिनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १७:५१

९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारको केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले लिखित राय दिने भएका छन् ।

ओलीको प्रतिवेदनमाथि सदस्यहरुले बैठकमा धारणा राख्न पाउने छैनन्, प्रतिवेदनमाथि टिप्पणी गर्न चाहने केन्द्रीय सदस्यले लिखित राय दिनुपर्नेछ । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रतिवेदनमाथि लामो छलफल नहुने र लिखित राय लिइने बताए ।

बुधबारको बैठकमा अध्यक्ष ओलीले १५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?