+
+

एमालेको केन्द्रीय कमिटी बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १२:४१

१० चैत, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुधबार सुरु भएको बैठकको दोस्रो दिनको बैठक बबरमहलस्थित कार्की ब्याक्वेटमा सुरु भएको हो ।

बुधबारको बैठकमा सात प्रदेशका संयोजकले पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । त्यस्तै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष ओलीको प्रतिवेदनमा सदस्यहरुले लिखित सुझाव दिनेछन् ।

एमालेको यो केन्द्रीय कमिटीको बैठकमा विशेष गरी स्थानीय तहको निर्वाचन केन्द्रित छलफल हुने एमाले नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?