![](https://www.onlinekhabar.com/wp-content/uploads/2022/03/ez-remit.jpg)
काठमाडौं । इसेवा मनि ट्रान्सफर र बैंक बीएफसी बेंक अन्तर्गत रहेको इजेड रेमिट बीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।
यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बीएफसी बैंकका शाखाहरु तथा संसारका ४० भन्दा बढी मुलुकमा रहेका ५५ हजारभन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउँन सकिनेछ ।
सम्झौतामा इसेवा मनी ट्रान्सफरका सीईओ अजेस कोइराला र इजेड रेमिटका चिफ फाइनान्स अफिसर समेत रहेका कार्यबहक सीईओ मुजाहिद मलिकले हस्ताक्षर गरेका छन् ।
सम्झौताबारे बोल्दै इसेवा मनी ट्रान्सफरका सीईओ कोइरालाले इजेडसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुशी लागेको बताए ।
इसेडसँगको यो सहकार्यसँगै इजेड रेमिटको सेवा उपलब्ध रहेका मुलुकमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउँदा सोझै पाउने व्यक्तिको बैंकको खातामा डिपोजिट गर्न सकिने तथा इसेवा वालेटमा तुरुन्तै पैसा लोड गर्न सकिनेछ ।
त्यस्तै इजेड रेमिटको शाखाहरुबाट पठाएको रेमिट्यान्स नेपालभर रहेका इसेवा मनी ट्रान्सफरका १२ हजारभन्दा बढी भुक्तानी केन्द्र र इसेवाका मुलुकभर रहेका १ लाख ३० हजार बढी एजेण्ट नेटवर्कबाट तुरुन्तै रकम प्राप्त गर्न सकिने छ । रकम पाउने व्यक्तिले इसेवा वालेटमा उक्त रकम प्राप्त गरेर अतिरिक्त ७७ रुपैयाँ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ ।
प्रतिक्रिया 4