+
+

आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ : महत

‘सभापतिले गठबन्धन लाद्न खोजेको भन्ने भनाई झुटो’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते १९:१४

११ चैत, काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आवश्यकताको सिद्धान्तमा चुनावी गठबन्धन हुनुपर्ने बताएका छन् ।

शुक्रबार केन्द्रीय समितिको बैठककोबारेमा जानकारी गराउँदै उनले यस्तो बताएका छन् । डा. महत भन्छन्, ‘आवश्यकताको सिद्धान्तमा गठबन्धन हुनुपर्छ ।’

सभापति शेरबहादुर देउवाले गठबन्धन लाद्न खोजेको भन्ने भनाई झुटो भएको पनि उनले बताए । ‘सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोजेको भन्ने भनाई झुटो कुरा हो’ उनले पत्रकारहरुसँग भने ।

प्रवक्ता डा. महतले ले प्रदेशहरुबाट भने फरक फरक ठाँउहरुबाट फरक फरक सुझावहरु आएको जानकारी दिए ।

‘आवश्यकताको सिद्धान्तअनुसार कतै गठबन्धन गरेर जान हुने कतै गठबन्धन नगरे पनि भनेर फरक फरक ठाउँहरुबाट रिपोर्टहरु आएका छन्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?