+
+

गायक बानियाँको बानी पर्‍यो सुरामा !

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १२ गते १८:२४

१२ चैत, पोखरा । गजलकार उदीपराज ढुंगानाले लेखेको गजल गायक विनोद बानियाँको स्वरमा बजारमा आएको छ । शुक्रबार पोखरामा एक कार्यक्रमका बीच गीत तथा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक कार्यक्रममा गायक विनोदले गीतले राम्रो सफलता दिने आशा राखेका छन् । ‘स्रोत र साधनको अभावमा पनि सकेजति राम्रो गीत र त्यसको म्युजिक बनाउन सफल भएका छौं । हाम्रो साधना खेर जाने छैन भन्नेमा आशावादी छौं,’ उनले भने ।

गीतमा बानियाँ स्वयंले संगीत भरेका छन् । म्युजिक भिडियोमा मोडल बिना राउत, प्रदीप बास्तोला, भीष्म राना लगायतले अभिनय गरेका छन् । पोखरा हेमजामा सुटिङ गरिएको म्युजिक भिडियो गायक बानियाँकै अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोमा अभिनय गरेका भीष्म रानाले आफुले गायक विनोद बानियाँसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । उक्त गीत मार्फत नै राना म्युजिक भिडियो अभिनयमा डेब्यू गरेका हुन् । लामो समय भारतीय सेनामा आवद्ध भई हाल पोखरामा व्यवसाय गर्दै आएका राना अभिनय क्षेत्रमा आउन चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?