+
+

अब पाटन दरबार क्षेत्रमा पार्किङ निषेध

ललितपुर महानगरपालिकामा रहेको पाटन दरबार स्क्वायर क्षेत्र अब ‘नो पार्किङ’ हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १९:०२
फाइल तस्वीर

१४ चैत, काठमाडौं। ललितपुर महानगरपालिकामा रहेको पाटन दरबार स्क्वायर क्षेत्रमा अब ‘नो पार्किङ’ हुने भएको छ ।

दरबार क्षेत्रमा ललितपुर महानगरपालिका-१६ नम्बर वडाका वडाध्यक्ष निर्मल रत्न शाक्यले सोमबार सूचना जारी गर्दै जथाभावी पार्किङ नगर्न/नगराउन अनुरोध गरेका छन् । दरबार स्क्वायर क्षेत्रमा जथाभावी पार्किङ गरेमा ट्राफिक प्रहरीले कारबाही गर्ने सूचनामा उल्लेख छ ।

वडा कार्यालयले वडाभित्र स्थायी बसोबास गर्ने मानिसको सवारी साधनको लागि भने सवारी पासको व्यवस्था गरेको वडाध्यक्ष शाक्यले जानकारी दिए ।

पास लिनको लागि वडा कार्यालय वा मंगल टोल सुधार संघमा सम्पर्क गर्न वडा कार्यालयले अनुरोध गरेको छ ।

विश्व सम्पदा सूचीमा परेको पाटन दरबार स्क्वायरमा जथाभावी पार्किङ र निर्वाध सवारीहरु छिर्दा अस्तव्यस्त हुने गरेको थियो ।

हेर्नुस् सूचना 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?