+
+

बैंकिङ मुद्दाका फरार अभियुक्त बौद्धबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते ११:३५

२० चैत, काठमाडौं । प्रहरी बैंकिङ मुद्दाका फरार अभियुक्त बौद्धबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इलामको सन्दरकपुर गाउँपालिका-४ भोटेगाउँ घर भई हाल तार्केश्वर नगरपालिका-५ लोलाङ बस्‍ने ४२ वर्षीय डाकमान गुरूङ रहेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)को टोलीले आइतबार बौद्धबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले २०७८ फागुन २९ गते उनलाई तीन दिन कैद र १५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

गुरूङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

बौद्धमा लुकिछपी बसिरहेको अवस्थामा गुरूङलाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि चितवन जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?